लगातार नवौँ पटक सर्वाधिक आयकरदाताको सम्मान नबिललाई


काठमाडौं । नबिल बैंक बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर बुझाएको भन्दै राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले बैंकलाई सम्मान गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रदान गरेको सम्मानपत्र बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीले ग्रहण गरे।

बैंकका अनुसार नबिलले उक्त आर्थिक वर्षमा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो। चार दशकभन्दा लामो बैंकिङ यात्रा पूरा गरेको बैंकले हाल २६१ शाखा र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिँदै आएको छ।