Logo

सन्दीपको भिसा माग गर्दै समर्थकको प्रदर्शन, अमेरिकी दुतावास घेराउ गर्ने

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेका समर्थकले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिका जाने भिसा दिन माग गर्दै बुधबार उनका समर्थकले काठमाडौमा प्रदर्शन गरेका छन्।

आइसिसी टि–२० विश्वकप खेल्न जान अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि लामिछानेको भिसा माग गर्दै माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गरिएको हो। समर्थकहरुको भीड माइतिघरबाट सन्दीपको भिसाको माग गर्दै अमेरिकी दुतावास घेराउ गर्नतर्फ अघि बढेको छ ।

संयुक्त राज्य अमेरिकास्थित प्रेरी भ्यू मैदानमा आईसीसी पुरुष टी–२० विश्वकप १ जुन अर्थात् जेठ १९ गतेदेखि सुरु हुँदैछ । टी–२० विश्वकपमा नेपालले जेठ २२ गते पहिलो खेल नेदर्सल्याण्डसँग खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्