Logo

असारदेखि पशुपतिका चार वटै ढोका खुल्ने

काठमाडौं– अब पशुपतिनाथका चारवटै ढोका खुल्ने भएका छन् । आउँदो असार १ गतेदेखि बिहान ४ बजे देखि नै पशुपतिका सबै ढोका खुल्ने भएका हुन् ।

पशुपतिमा दैनिक रुपमा भक्तालुहरुको सङ्ख्या बढ्दै गएकाले सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ चार वटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

उनले भने, ‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिँदै गरिएकोमा भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिनेछ ।’

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

रासस

 

प्रतिक्रिया दिनुहोस्