Logo

काठमाडौंको तापक्रम ३४‍ डिग्री सेल्सियस नाघ्यो

काठमाडौं– काठमाडौंको तापक्रम ३४‍ डिग्री सेल्सियस नाघेको छ । विगत केही दिन यता बढ्दै गइरहेको उपत्यकाको तापक्रम बिहिबार ३४.४ डिग्री सेल्सियस पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ ।

विगत केही दिनयतादेखि उपत्यकाको तापक्रम बढ्दै गइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । मौसमविद् मानन्धरले भनिन्, ‘नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ । मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्