Logo

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाल एकीकरणका काजी कालु पाँडेको समाधिस्थलमा पुष्पहार अर्पण

काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाल एकीकरणका काजी कालु पाँडेको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुभएको छ । आज मन्त्री उप्रेतीले पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेको २६६ औं स्मुती दिवस मनाउन चन्द्रागिरि १ दहचोकमा रहेको कालु पाँडे समाधिस्थल क्षेत्र पुगेका थिए । कार्यकममा बोल्दै मन्त्री उप्रेतीले नेपाल आमाका अमर सुपुत्र हुन् कालु पाँडे नेपाल एकीकरण अभियानका एक विशिष्ट सारथी रहेको बताए ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको सालिक २०७७ फागुन ९ गते अनावरण गरेसँगै काठमाडौंमा नेपाल एकीकरण गर्न सहयोग पुराउने सेनापतिको सालिक ठडिएको थियो । वि स १७७० मा गोरखा जिल्लामा जन्मिएका नेपाल एकीकरणका नायक काजी कालु पाँडे हक्की र निडर स्वभाबका थिए ।


प्रतिक्रिया दिनुहोस्