सडक डिभिजनले गरिरहेको कालोपत्रे रोक्न न्युरोडमा बालेनको समर्थक
काठमाडौं– सडक डिभिजनले न्युरोेडमा कालोपत्रे गर्न थालेपछि बालेनका सर्मथले विरोध गरेका छन् । फुटपाथ बढाउन काठमाडौं महानगरपालिकाले भत्काएको कालोपत्रे सडक डिभजनले कालोपत्रे गर्न थालेपछि बालेनका समर्थकले विरोध गरेका हुन् ।
सडक डिभिजनले महानगरलाई भत्काएको सडक पुनस्थापना गर्न पटक पटक पत्राचार गरेको थियो । तर बालेनले अटेर गरेपछि सोमबार सडक विभाग आफैँले कर्मचारी लगेर कालोपत्रेको काम सुरु गरेको थियो ।
काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे भत्काएको हो । पहिले पार्किङको लागि प्रयोग भएको सडकबाट पार्किङ हटाएर फुटपाथ विस्तार गर्ने योजनाका साथ महानगरले कालोपत्रे हटाएको हो ।