Logo

पुन: सुरु भयो न्युरोडमा भत्काइएको सडक कालोपत्रे गर्ने काम

काठमाडौं– सडक डिभिजनले न्युरोडमा कालोपत्रे गर्ने काम पुनः सुचारु गरेको छ । कालोपत्रे गर्ने क्रममा काठमाडौं महानगरपालिकाका प्रहरी र सडक डिभिजनबिच भएको तनावपछि केहि समय कालोपत्रे गर्ने काम पुन सुरु भएको हो ।

सडक डिभिजनले कालोपत्रे गर्न थालेपछि महानगर प्रहरी र बालेनको समर्थक न्युरोड पुगेका थिए । सडक डिभिजन र महानगरबिच तनाव बढ्न थालेपछि प्रहरीसमेत पुगेको थियो । केहि समय सडक विभाग र नगरप्रहरीबिच छलफलसमेत चलेको थियो । छलफलपछि नगर प्रहरी फर्किएको छ भने सडक डिभिजनले काम पुन सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे भत्काएको हो । पहिले पार्किङको लागि प्रयोग भएको सडकबाट पार्किङ हटाएर फुटपाथ विस्तार गर्ने योजनाका साथ महानगरले कालोपत्रे हटाएको थियो ।

तर सडक डिभिजनले उक्त सडक क्षेत्र आफ्नो कार्यक्षेत्रमा पर्ने र बिना स्विकृति कालोपत्रे भत्काएको भन्दै सडक पुनस्र्थापना गर्न पटक पटक लेखेको थियो । महानगरले विभागको पत्रलाई वेवास्ता गरेपछि सोमबार सडक डिभिजन आफैँ कालोपत्रे गर्न पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्