Logo

हटाइयो कालोपत्रे गर्दा सडकको बिचमा छाडिएको खम्बा

काठमाडौं– युएन पार्क कोरिडोरको सडक कालोपत्रे गर्दा सडकको बिचमा छोडिएका खम्बाहरु छोडिएका पोलहरू सारिएको छ । ललितपुर महानगरपालिकाले सोमबार युएन पार्क–कुपण्डोल सडकको बिचमा छाडिएका खम्बाहरु उखेलेको हो ।

बागमती सभ्यता एकीकृत विकास अन्तर्गत यूएन पार्क करिडरमा १.३ किलोमिटर सडक कालोपत्रे गरेको थियो । तर सडक कालोपत्रे गर्ने क्रममा ठेकेदारहरुले सोलारका खम्बाहरु सडकको बिचमा नै छाडेका थिए । खम्बा बिचमा छाड्दा जोखिम बढेको भन्दै स्थानीयले विरोध गरेपछि ललितपुर महानगरपालिका वडा नं १० ले खम्बा हटाएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्