Logo

साफ महिला फुटबल प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौं– साफ महिला फुटबल प्रतियोगिताको सातौँ संस्करण नेपालमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को सोमबार बसेको प्रतियोगिता समितिको बैठकले उक्त प्रतियोगिता नेपालमा गर्ने तय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेशकुमार शाहले जानकारी दिए ।
उक्त प्रतियोगिता आयोजना गर्न नेपाल, भुटान र बङ्गलादेशले प्रस्ताव गरेका थिए ।

प्रतियोगितामा साफका सातै सदस्य संघको सहभागिता रहने साफले जनाएको छ। २०२२ मा भएको छैठौं संस्करण नेपालले नै आयोजना गरेको थियो।

सो संस्करणमा नेपाल फाइनलमा बंगलादेशविरुद्ध पराजित भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्