Logo

काठमाडौंमा हावाहुरीसहित भारि वर्षा

स्थानीय वायु सक्रिय हुँदा काठमाडौंमा हावाहुरीसहित वर्षा भइरहेको छ।दाङदेखि विकास भएको स्थानीय वायु प्रणालीले हावाहुरी र वर्षा निम्त्याएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् । यो दाङदेखि नै विकास भएको सिस्टम हो । अर्यालले भन्छन् – चितवनको उत्तर भागदेखि सक्रिय देखिएको छ, यो एक–डेढ घन्टा रहने छ र त्यसपछि उत्तरपूर्व लाग्ने देखिएको छ ।

उनले काठमाडौंमा मध्यम वर्षा हुने बताएका छन् ।अहिले मकवानपुर आसपास मध्यम वर्षा भइरहेको छ। त्यस्तै मधेसको बारा, पर्सा जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ। मकवानपुरको हात्तीसुँढेमा १२.२ मिलिमिटर वर्षा भएको छ र मकवानपुरकै रजैयामा १० मिलिमिटर वर्षा भइरहेको छ।बाराको कलैयामा ९.८ मिलिमिटर वर्षा भएको छ। बाराकै अमलेखगञ्जमा ९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्