Logo

हावाहुरीले ढालेको रुखले च्यापिएर एकजनाको मृत्यु

काठमाडौँ – नवलपरासीको को मध्यविन्दु नगरपालिका– १२ मा हावाहुरीले ढालेको रुख शिरमा बज्रदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६९ वर्षीय चित्रबहादुर थापा रहेकी छिन् ।

धरान उपमहानगरपालिका –१९ मा हावाहुरी र वर्षाका कारण ढलेको रुख । रुख ढल्दा तारमा परेर धरान क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । तस्बिरः सङ्गीता राई÷रासस

थापा स्थानीय ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएको बेला चलेको हावाहुरीले रुख ढाल्दा टाउकोमा बज्रन पुगेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको हुरीले रुख ढालेको रुख बज्रदा थापाको मृत्यु भएको थियो ।वनमा गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका थिए । थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्