Logo

वरूण र नताशा लाइ पुत्री लाभ

 

बलिउड अभिनेता वरूण धवन बुबा बनेका छन्।उनले मंगलबार इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै आफू छोरीको बुबा बनेको जानकारी दिएका छन् ।हाम्रो बेबी गर्ल यता छिन्। आमा र छोरीलाई शुभकामना दिनेलाई धन्यवाद! धवन लेखेका छन्- हरे राम हरे राम, राम राम हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।वरूण र नताशाले सन् २०२१ मा विवाह गरेका थिए। वरूण र नताशाको चिनजान स्कुल छँदै भएको हो। वरूणलाई नताशा पहिलो भेटदेखि नै मन पर्न थालेको थियो ।

तर दुईको सम्बन्ध साथीबाट अघि बढ्यो। पछि वरूणले प्रेम प्रस्ताव राखे। तर नताशाले स्वीकार गरिनन्।वरूणले पनि हार नमानी समय-समयमा प्रेम प्रस्ताव राखिरहेका थिए । अन्ततः नताशाको मन जित्न सफल भए। वरूणले पहिलो पटक नताशासँगको सम्बन्धबारे सन् २०१८ मा ‘कफी विद करण’ मा सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्