Logo

सिन्धुलीमा ढलान गरिएको फर्मा खस्दा ४ जना घाइते

 

 

काठमाडौं – सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित क्यान खोलामा निर्माण गरिएको पक्की पुलको फर्मा खसेर चोट लाग्दा चार जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये दुई जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य छ ।घाइते हुनेहरुमा पर्साको बहुदरमाई नगरपालिका–५ बस्ने ३३ वर्षीय मनोज महतो, सोही ठाउँका ४५ वर्षीय अमलदेव महतो र विनोद महतो तथा सिन्धुलीको हरिहरपुरगढी–७ का ५० वर्षीय मदन घलान रहेका छन् । मनोज र अमलदेवको अवस्था मध्यम छ भने विनोद र मदनको अवस्था सामान्य छ ।

वडा अध्यक्ष बिचबहादुर मोक्तानले ढलान गरिएको पुलको फर्मा खोल्ने क्रममा कामदारहरु घाइते भएको बताएका छन् । पुलको केही भागको फर्मा खोलिसकेको थियो र केही खोल्न बाँकी थियो । त्यही खोल्ने क्रममा चार जना घाइते भएका हुन् । वडाअध्यक्ष मोक्तानले भनेका छन् , घाइते भएकाहरुको हात, खुट्टा र ढाडमा चोट छ ।आज बिहान साढे १० बजेतिर भएको यो घटनामा घाइते भएका सबैलाई उपचार गर्न नारायणी अस्पताल वीरगञ्ज लगिएको हो ।घटनास्थलमा प्रहरी टोली खटिएर घाइतेहरुको उपचारमा ठेकेदारसँग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्