Logo

अभिनेत्री कंगनाले हिमाचलबाट जितिन् चुनाव

 

भारतको हिमाचल प्रदेशको मन्डीबाट बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनाव जितेकी छिन् । उनले कंग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराएको भन्दै न्युज १८ ले समाचार छापेको छ ।

कंगनाले विक्रमादित्यलाई कति मत अन्तरले हराइन् भनेर समाचारमा उल्लेख गरेको छैन । कंगना विक्रमादित्यभन्दा झन्डै ७० हजार मतान्तरले अगाडि भएकी थिइन् । कंगनाले भारतीय जनता पार्टी (बीजेपी)बाट चुनावी मैदानमा उत्रिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्