Logo

गोदावरीका वडाध्यक्षले भत्काइदिए गरिएको कालोपत्रे

 

 

काठमाडौं – ललितपुरको फुल्चोकी–नौधारा सडकखण्डमा हिलो बाटोमै कमसल कालोपत्रे गरिएको भन्दै गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरेले भत्काइदिएका छन् ।हिलो माटोमा कालोपत्रे नगर्न आग्रह गर्दा पनि अटेरी गरेको र त्यसमा पनि कमसल कालोपत्रे प्रयोग भएको पाएपछि आफूहरुले भत्काइदिएको वडाध्यक्ष घिमिरेले बताएका छन् ।

सडक विभागले उक्त सडकखण्ड अन्तर्गत १८ करोड रुपैयाँमा कालोपत्रेसहित सडक सुधारको काम गरिरहेका छन् । यो हाम्रो टुरिस्ट हिँड्ने बाटो हो ।वडाध्यक्ष घिमिरेले भनेका छन् – ३/४ दिनदेखि सडक कालोपत्रे भइरहेको थियो, मापदण्ड पुगेको छैन भनेर सुरुदेखि नै भन्दै आएको छु । हिजो त झन् हिलोमै कालोपत्रे भएपछि भत्काउन बाध्य भएका हौं ।हिलो कालोपत्र नगर्न पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि आफूहरुले भत्काइदिएको वडाध्यक्ष घिमिरेको भनाइ रहेको छ । उनका अनुसार ठेकेदार कम्पनीले मापदण्ड पुर्‍याएर सडक पुनः कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्