Logo

सम्माननीय र माननीयलाई नागढुंगा हुँदै गल्छिसम्म गाडीको सिसा खोलेर यात्रा गर्न राप्रपा सांसद लामाको आग्रह

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले सम्माननीय र माननीयलाई नागढुंगा हुँदै गल्छिसम्म गाडीमा यात्रा गरिदिन आग्रह गरेकी छन् ।

बुधबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले नागढुंगा हुँदै गल्छिसम्म गाडीको सिसा खोलेर यात्रा गर्न आग्रह गरेकी हुन् ।
उनले भनिन्, ‘‘सम्माननीय र माननीय ज्युहरुलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु । नागढुंगा हुँदै गल्छिसम्म बिनासुरक्षा आफैं गाडी चलाएर गाडीको पूरै सिसा खोलेर यात्रा गरिदिनुहास् । त्यहाँ जनताको समस्या छर्लङ्गै देखिनेछ,’ उनले भनिन् ।

यदि यात्रा गर्न नकसे धार्केबाट भीमढुंगा हुँदै काठमाडौं छिर्ने वैकल्पिक सडकको पूर्वाधारमा ख्याल गरिदिन उनको अग्रह छ । ‘धार्केबाट भीमढुंगा हुँदै काठमाडौं छिर्ने बाटोमा चार सय किलोमिटर पिच हुन बाँकी छ । त्यो पिच गरियोस्,’ उनले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्