Logo

सांसद खान:- तराई-मधेसमा आपराधिक गतिविधि बढ्यो, दोषीलाई कडा कारबाही गर्न माग

 

प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले तराई/मधेशमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

आजको बैठकमा समय मागेर सांसद खानले हत्या, आतङ्क र लुटपाटका घटनाको त्रासमा रहेका जनतालाई शान्ति सुरक्षाको वातावरण बनाउन माग गरेका छन् ।तराई–मधेशका जनता डर र त्रासको वातावरणमा बाचिरहेका छन् । शान्ति र सुरक्षाको वातावरण छैन । लुटपाटका घटना बढिरहेको र पीडित पक्षले जाहेरी बुझाउन जाँदा प्रहरी प्रशासनले जाहेरी नलिएको गुनासो आइरहेको छ।

उनका अनुसार सुनसरीको कोशी गाउँपालिका–३ का बसिरन खातुनलाई हालै दाइजोको निहुँमा हत्या गरी सप्तरीको हनुमाननगरस्थित कोशी नदी किनारमा पिपलको रुखमा झुण्ड्याएको अवस्थामा शव फेला परेको छ।विभिन्न दबाबका कारण जाहेरीसमेत दर्ता नभएको छैन उनका भनाइ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्