Logo

काठमाडौंमा पानीको समस्याले विकराल रूप लिँदैछ : रास्वपा सांसद सोबिता गौतम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोबिता गौतमले काठमाडौंमा पानीको समस्याले विकराल रूप लिँदै गरेको बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशैभर खानेपानीको समस्या टड्कारो रूपमा देखापर्दै आइरहेको बताइन् । सदनबाट पटक–पटक यो विषयमा उठान पनि भइरहे पनि उचित सम्बोधन नभएको उनले बताइन् ।

‘फेरि पनि एकपटक खानेपानीको समस्या अत्यधिक रूपमा बढिरहेको बारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले थपिन्, ‘एकै चोटी ठूलो परियोजना मेलम्ची परियोजना आउँछ(आउँछ भनेर काठमाडौंवासीलाई थुमथुमाइ राखिएको छ । तर, सरकार ध्यानाकर्षण होस, तीसौं वर्ष यो परियोजना सुरु भएको भइसक्दा पनि काठमाडौंवासीको रिङरोडभित्र मात्रै अलिअलि पानी आउँछ र रिङरोडभन्दा बाहिर अन्य ठाउँमा मानिसहरू काकाकुल नै भएर बस्नुपरेको छ अवस्था छ ।’

हालसम्म ट्याङ्कर तथा जमिनमुनिको पानी प्रयोग गरेर काठमाडौं उपत्यकावासीहरूले पानीको समाधान गरिरहेका तर जमिनमुनिको पानी पनि सुक्दै गइरहेको उनले बताइन् ।

‘‘अब पनि सरकारले दीर्घकालीन योजना र मध्यकालीन योजना बनाउने कुरामा सचेत हुन सकेन भने देखि यसले नसोचेको एकदमै थेग्नै नसक्ने विकराल रूप लिंदैछ भन्ने कुरामा सरकार सचेत होस्,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्