Logo

वर्षासँगै आएको हुरीले विभिन्न ठाउँको मकै बालीमा क्षति

– वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ । मंगलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको छ । पसाउन (धानचामल निस्कने प्रक्रिया) लागेको मकैको बोट हुरीले ढाल्दा लाखौँको क्षति भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हर्कराज राईले बताएका छन् । यस क्षेत्रको प्रमुख बाली नै मकै हो ।

पसाउन थालेको मकैको बोट मंगलबार आएको हुरीले सोत्तर पारेको छ’, उनले थप जानकारी दिए ‘उत्पादन दिने बेला बोट नै ढलेर क्षति भएपछि कृषक चिन्तित बनेका हुन् ।मंगलबार दिउँसो आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको भन्दै क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिएका छन् । उनका अनुसार दश स्थानीय तह रहेको जिल्लामा ३९ हजार आठ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्