Logo

जसले अन्तरिक्षमा पटक पटक गरेर १००० दिन बिताए, बन्यो विश्व कीर्तिमान

 

 

५९ वर्षीय ओलेगले आफ्नो पाँचौं अन्तरिक्ष यात्रामा १००० दिनको कोशेढुंगा पार गरेका छन् । उनी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा तेस्रोपटक कमान्डरको रुपमा रहेका छन् ।ओलेगले यसअघि सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने रुसकै अर्का अन्तरिक्षयात्री गेनाडी पेडाल्काको कीर्तिमान गत फेब्रुअरीमै भंग गरेका थिए । पेडाल्काले अन्तरिक्षमा कुल ८७८ दिन बिताएका थिए ।

हाल स्पेस स्टेशनमा रहेका ओलेगको स्पेस स्टेशनको पछिल्लो यात्रा गत सेप्टेम्बर १५ मा सुरु भएको थियो । उनी सोयुज एमएस २४ अन्तरिक्षयात्रमार्फत् स्पेश स्टेशनमा गएका हुन् ।उनीसँगै अन्य दुई अन्तरिक्षयात्रीहरू रुसका निकोलाई शुब र अमेरिकी लोरल ओहारा पनि स्पेश स्टेशनमा गएका थिए । आगामी सेप्टेम्बर २३, २०२४ मा ओलेग र अमेरिकी अन्तरिक्षयात्री ट्रेसी डाइसन पृथ्वीमा फर्किने कार्यक्रम रहेको छ। योसँगै ओलेगले अन्तरिक्षमा कुल १ हजार ११० दिन बिताउने भएको छन् ।ओलेगले सन् २००८ को अप्रिलमा Expedition 17 मार्फत् स्पेश स्टेशनमा गएर आफ्नो अन्तरिक्षयात्रा सुरु गरेका थिए । हालसम्म उनी स्पेश स्टेशनका विभिन्न ५ वटा अन्तरिक्ष मिसनमा सहभागी रहेका छन् ।नासाको ट्रान्सलेसनल रिसर्च इन्स्टिच्यूट फर स्पेस हेल्थका पूर्वप्रमुख इम्यानुएल उरुकिताले ओलेग एक विशेष व्यक्ति भएको र उनले गरेको काम कोशेढुंगा सावित भएको बताएका छन् ।

उरुकिताले अन्तरिक्षमा बसेर फर्किएका अन्तरिक्षयात्रीहरुको शरीरको अध्ययन गरिरहेका हुन् । यसबाट उनले यी विषयमा जानकारी हासिल गर्ने प्रयास गर्दछन् । जस्तै, पृथ्वीभन्दा निकै टाढा रहँदा सरीरमा सञ्चारको कत्तिको असर पर्दछ ? विकिरणको प्रभाव के हुन्छ ? एक्लो तथा बन्द ठाउँमा रहँदा सरीर तथा मनमा के असर पर्दछ ? अनि गुरुत्वाकर्षणको असर तथा बन्द पर्यावरणमा रहँदा सरीरमा पर्ने प्रभावको अध्ययन ।उरुकिताका अनुसार कीर्तिमानी अन्तरिक्षयात्री ओलेग पृथ्वीमा फर्किएसँगै उनमा हुने परीक्षणबाट विभिन्न नयाँ कुारहरु पत्ता लाग्नेछन् । किनकि उनले सबैभन्दा धेरै दिन अन्तरिक्षमा बिताइसकेका हुन् । हुनत उनले अन्तरिक्षमा लगातार एकैपटकमा १ हजार दिन बिताएका होइनन् । तर, पटक-पटक गरेर भएतापनि यति लामो समय अन्तरिक्षमा बिताउँदा त्यसले पक्कै पनि उनको शरीर र मनमा पनि असर परेको हुन्छ।

प्रतिक्रिया दिनुहोस्