Logo

वर्ड फ्लुका कारण पहिलो पटक मान्छेको मृत्यु

 

काठमाडौँ -पछिल्लो समय विश्वका कयौँ देशमा वर्ड फ्लु तीव्र गतिमा बढिरहेको छ । यसलाई कोहीले कोरोना भन्दा पनि खतरनाक भनिरहेका छन् । अमेरिकाको कयौँ सहरमा गाई र गाईको दूधको माध्यमबाट मान्छेमा वर्ड फ्लु सरेको मामिलाहरू सार्वजनिक भइरहेका छन् । भारतसमेत विश्वका अन्य कयौँ देशमा पनि सङ्क्रमण फैलिरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार बताएअनुसार मेक्सिकोमा वर्ड फ्लुकै कारण एक जना ५९ वर्षका पुरुषको मृत्यु भएको हो । ती व्यक्तिमा एच५एन१ भाइरस (एभियन इन्फ्लुएन्जा) कसरी सर्‍यो भन्ने चाँहि डब्ल्यूएचओले बताएको छैन । ती पुरुषलाई ज्वरो आएको, सास फेर्न समस्या, पखाला लाग्ने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा भर्ना गरिएको हो । उनलाई पहिला देखि नै क्रोनिक किड्नी फेलियर, मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरु पनि थिए ।

कोरोना भन्दा खतरनाक छ सङ्क्रमण ?

पहिलो पटक मे २३ मा यस घटनाबारे जानकारी पाएको डब्ल्यूएचओले बताएका छन् । यो कोरोना भाइरस भन्दा १०० गुणा खतरनाक सङ्क्रमण हुन सक्ने बताइएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा एच५एन१ भाइरसको सङ्क्रमण सरेको मामिला नदेखिएको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले एउटा रिपोर्टमा हालै बताएको थियो । तर सबै जना यसको लक्षण र सङ्क्रमणको जोखिमबारे सतर्क रहन आवश्यक रहेको जनाएको छ।

यो भाइरसको सङ्क्रमण भएको अवस्थामा हलुकादेखि गम्भीर सम्मका लक्षणहरू देखिन सक्ने र जसका कारण मृत्युदर बढ्ने खतरा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्