Logo

गणेशमान मार्गको चन्द्रागिरि-चित्लाङ सडक खण्ड २० असारसम्म बन्द

 

काठमाडौं – गणेशमान मार्गको थानकोट-चित्लाङ सडक खण्ड आगामी २० असारसम्म बन्द हुने भएको छ ।सो सडक खण्ड अन्तर्गत सेतो पहरोमा सडक निर्माण गर्ने कम्पनीले ग्रेड उच्च रहेको र चौडाइ कम भएको स्थानमा ब्रेकर प्रयोग गररे ब्याक कटिङ र ग्रेड डाउन गर्न सडक बन्द हुने चन्द्रागिरि नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवम् स्तरोन्नति गर्न लागिएकोले बिहीबारदेखि २० असारसम्म ९ बजेदेखि साँझ ४ बजेसम्म सडक पूर्णरुपमा सडक बन्द हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।सडक विभागको डिभिजन सडक कार्यालय काठमाडौं मातहतमा रहेको सडक बन्द गर्न नगरपालिकालाई सडक डिभिजनले मंगलबार पत्र काटेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्