Logo

सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं– विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसम्बन्धी काम स्वदेशमा नै गर्नका लागि लागि ल्याएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै सञ्चारमन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैँकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याएको जानकारी दिइन् ।

स्वदेशमै छपाइ गर्न सकिए सुरक्षाको दृष्टिकोणले उचित हुने र वैदेशिक मुद्रा बाहिरिन नपाउने उनको भनाइ छ । विधेयकका छलफलका क्रममा आएका कतिपय बिषयहरुलाई पनि विधेयकमा राखिएको उनको भनाइ छ ।

उनले भनिन्, ‘ती विषयहरुलाई स्वदेशमै छपाइ गर्न सकियो भने हाम्रा सुरक्षाको दृष्टिकोणले र वैदेशिक मुद्रा बाहिरिने कारणले पनि यो ठिक हुन्छ र बाहिरिँदै आएको मुद्रालाई स्वदेशभित्रै राख्न सकिन्छ भनेर नै विधेयक ल्याइएको हो । यो विधेयकमा छलफल हुँदैगर्दा केही विषय थपिएका छन्।’

 

 

प्रतिक्रिया दिनुहोस्