Logo

मधेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंह– जसले गाउँपालिकाको अध्यक्षमा पराजय व्यहोरे

काठमाडौं– भनिन्छ हारपछि जीतको पालो आउँछ । यस्तै भएको छ मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहलाई पनि ।

स्थानीय तह २०७९ मा गाउँपालिका अध्यक्षमा पराजित भएका सिंहले शुक्रबार मुख्यमन्त्रीको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शुक्रबार उनले मुख्यमन्त्रीको सपथ लिएका हुन् । जनमत पार्टीबाट मुख्यमन्त्रीइ बनेका सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ ।

मुख्यमन्त्री सिंह तिलाठी गोइलाठी गाउँपालिकाका संस्थापक अध्यक्ष हुन् । २०७४ सालमा गाउँपालिकाका अध्यक्ष बनेका सिंहले स्थानीय तहको दोस्रो चुनावमा भने हार व्यहोर्नुपरेको थियो । २०७९ को स्थानीय चुनावमा लोसपाबाट अध्यक्ष पदमा उठेका थिए । तर उनको दोस्रोपटक अध्यक्ष हुने सपना पुरा हुन सकेन ।

गाउँपालिकाको अध्यक्षमा पराजित भएपछि मुख्यमन्त्री सिंह सिके राउतको जनमत पार्टीमा सक्रिय रहे । जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा पुन निर्वाचनमा होमिए र निर्वाचित भए । स्थानीय तहको निर्वाचनमा पराजय व्यहोरेका सिंहले दुई वर्ष नवित्दै मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यभार सम्हालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्