Logo

पलाँसेमा सुख्खा पहिरो जाँदा राजमार्ग अवरुद्ध

काठमाडौं– निर्माणाधिन अरनिको राजमार्गमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तगर्त पर्ने साँगा–पलासे खण्डमा सुख्खा पहिरो खसेको प्रहरीले जानकारी दिएको छ ।

अरनिको राजमार्गंअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डमा सडक लेन विस्तार भइरहेको छ । सोहि क्रममा सुख्खा पहिरो खसेको हो । पहिरो हटाएर अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्