Logo

एमाले सुनसरीका अध्यक्ष निलम खनालको २६ गते दाहसंस्कार हुने

उपचारका लागि भारत जानेक्रममा मृत्यु भएका एमाले सुनसरीका अध्यक्ष निलम खनालको २६ गते दाहसंस्कार हुने भएको छ । एमाले सुनसरी सचिव राम कोइरालाले खनालको पार्थिव शरीर जेठ २५ गते नेपाल ल्याउने र २६ गते दाहसंस्कार गर्ने बताएका छन् । कोइरालाका अनुसार ज्येष्ठ २५ गते बेलुका करिब ७ बजे पार्थिव शरीर सुनसरीको भन्टावारि सीमाबाट नेपाल ल्याउने भएको छ । जेठ १० गते उनी सुनसरी जिल्लाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

लामो समयदेखि प्याक्रियाज सम्बन्धी समस्या भएका खनाललाई थप समस्या भएपछि उपचारका लागि भारतको बैंगलोर लगिएका थिए
। उपचारका क्रममा लैजाने क्रममा बाटैमा निधन भएका खनालको शव नेपाल ल्याउने प्रक्रिया पुरा भएको कोइरालाले बताएका छन् । नेपाल शव ल्याएपछि २६ गते बिहान ११ देखि १ बजेसम्म जिल्ला पार्टी कार्यालय,इनरुवाको प्रांगणमा श्रद्धाञ्जली सभाको आयोजना गरिने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्