Logo

मन्त्रालयका निकायहरुको सेवालाई प्रभावकारी बनाउन सुझाव

काठमाडौं– गृह मन्त्रालय अन्तरगतका निकायहरुका सेवालाई प्रभावकारी बनाउन गठन गरिएको अध्ययन समिति तथा बिषयगत उपसमितिलाई कार्यादेश दिइएको छ । मन्त्रालयलाई सुझाव सहितको प्रतिवेदन तयार गर्ने उद्देश्यकले २०८० कात्तिकमा गठन गरेकाे समितिलाई कार्यादेश प्रदान गरेको हो ।

कार्यादेशमा विद्यमान समस्याहरुको पहिचान गरी मन्त्रालयको कार्यसम्पादन क्षमता बढाउन तथा मन्त्रालयले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनका विभिन्न विषयमा अध्ययन गर्न निर्देशन दिइएको छ ।

शान्ति सुव्यवस्था, अपराध अनुसन्धान, सस्थागत पुनर्संरचना, कर्मचारीको कार्य क्षमता वृद्धि, कार्य सम्पादन मापन, नीतिगत तथा कानूनी सुधार, मन्त्रालय अन्तरगतका निकायहरुको संस्थागत सुदृढीकरण, सेवा प्रवाहमा सुधार, विपद ब्यवस्थापन, राष्ट्रिय परिचय पत्र ब्यवसथापन, सीमा सुरक्षा र राजश्व चुहावट नियन्त्रण लगायतका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन कार्यादेश दिइएको छ ।

सोही बमोजिम समितिले मन्त्रालय र मातहत निकायको कार्य सम्पादन सुधार गर्न कर्मचारीको कार्य क्षमता तथा बृत्ति विकासका र संगठन तथा व्यवस्थापन समेत समावेश गरिएको छ ।

प्रतिवेदन ग्रहण गर्दै माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेज्यूले कार्यदलले आफूलाई प्राप्त जिम्मेबारी भित्रका विषयमा गहन अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन तयार गरेकोमा धन्यवाद दिएका छन् । गृह प्रशासन सुधारको मार्गचित्र (Roadmap) तयार गरिने र सो बमोजिम सुधारका कार्यहरु अघि बढ्ने उनले बताएका छन् । साथै उनले प्रतिवेदन कार्यान्वयनका क्रममा समेत प्रतिवेदन तयारकर्ता विज्ञहरुको निरन्तर सहयोग आवश्यक हुने र मन्त्रालयलाई आवश्यक परेका बखत विज्ञहरुबाट मन्त्रालयले निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्