Logo

नेपाल राष्ट्रिय ईन्जिनियर संगठनको बागमती प्रदेश अध्यक्षमा ई‍. विश्वराम पराजुली निर्वाचित

काठमाडौं– नेपाल राष्ट्रिय ईन्जिनियर संगठन बागमती प्रदेशको प्रथम सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले ई विश्वराम पराजुलीको अध्यक्षतामा विधानको व्यवस्था बमोजिम ३९ सदस्यीय समिति निर्वाचित गरेको छ ।

सम्मेलनको उदघाटन सत्र जेठ १२ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादि केन्द्र) का केन्द्रीय समिति उपाध्यक्ष अग्नी प्रसाद सापकोटाको प्रमुख आतित्यथामा कुपण्डोल ब्याङकोटमा भएको थियो भने निवाचनको कार्यक्रम शनिबार हिमालय कलेज अफ इन्जिनियरिङ्ग, च्यासल ललितपुरमा सम्पन्न भएको थियो ।

निर्धारित समयामा सवै पदहरुमा आवश्यक संख्यामा मात्र मानोनयन परेकोले सवैलाई निर्विरोध निर्वाचित गरिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादि केन्द्र) केन्द्रीय  निर्वाचन आयोगको प्रमुख गोविन्द बहादुर बटलाले जानकारी दिए ।

सम्मेलनबाट निर्वाचित हुनेहरुमा अध्यक्ष विश्वराम पराजुली, उपाध्यक्षमा सुजन लामिछाने र अर्जुन श्रेष्ठ, सचिवमा सुदर्शन कुमार मल्ल, सह—सचिवमा सुमन पोखरेल र प्रशान्त थापा, कोषध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन । यस्तै, सदस्यहरुमा विरेन्द्र विक्रम लामा, अखिलेश यादव, नीता झाङ्ग, अनुष बोहरा, सरला के।सी, विवेक मगर, सुरज पराजुली, सविन सिल्वाल, भूमिनन्द ढकाल, रत्नेशकुमार चौधरी, माधव कडेल, अंकित श्रेष्ठ, अनिल महर्जन, मनोज घिमिरे, मिथिला बिहारी साह, गीता भट्ट, सुजन खरेल, सुनील खरेल, सुनील क्षेष्ठ, सन्तोष न्यौपाने, गणेश श्रेष्ठ, समर श्रेष्ठ, सेकेन्द्र गुरुङ्ग, विशाल अग्रवाल, रोजन खत्री, राजन शर्मा, दीपक अधिकारी र धिरज पौडेल रहेका छन ।

निर्वाचित समितिलाई नेपाल राष्ट्रिय ईन्जिनियर संगठनका केन्द्रीय संयोजक ई. विजय कुमार विष्टले बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्