Logo

नेपालमा भित्रियो मनसुन

काठमाडौं– यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पूर्वी भागबाट मनसुन आगमन भएको हो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यो वर्ष ३ दिन छिटो गरी प्रवेश गरेको हो । अन्य भू–भागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अघि बढ्ने महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्