Logo

एन्फाले किरणलाइ राष्ट्रिय कीर्तिमानी खेलमा सय नम्बरको जर्सी दिएर सम्मान गरिने

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले किरण कुमार चेम्जोङलाई उनको राष्ट्रिय कीर्तिमानी खेलमा एक सय नम्बरको जर्सी दिएर सम्मान गर्ने भएका छन् । साउदी अरबको दम्मामा मङ्गलवार नेपालले यमनसँग विश्वकप छनोट खेल खेल्दा किरणको सयौँ सिनियर अन्तर्राष्ट्रिय खेल पूरा हुने भएको छ।यसअघि नेपालका लागि कुनै पनि फुटबल खेलाडीले एक सय सिनियर अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। नेपाली टोलीका टिम म्यानेजर उत्तमराज भण्डारीले किरणको विशेष खेलमा एन्फाले विशेष तयारी गरेको जानकारी दिएका छन् ।

‘हामी उनलाई प्रशंसा पत्र, मेडल र एक सय नम्बरको जर्सी दिने छौँ’, उनले थप जानकारी दिएका छन्। उनले कति बेला उक्त कार्यक्रम गर्ने भनेर छलफल भइरहेको बताएका छन् । ‘ खेल अगाडि गर्ने की हाफ टाइममा गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’, उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्