Logo

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत आज नेपाल र यमन भिड्दै

काठमाडौं– फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ ।

विश्वकप छनोटको दोस्रो चरणमा लगातार पराजित नेपाल आज यमनविरुद्धको खेलमा पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ । समूह ‘एच’ मा रहेको नेपालले यसअघि खेलेको पाँचै खेलमा पराजय भोगेको थियो । यही जेठ २५ गते भएको संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको थियो । नेपालमा नै हुनुपर्ने उक्त खेल दशरथ रङ्गशालामा समस्या भएपछि नेपालले साउदी अरेबियामा सारेको थियो ।

त्यसअघि नेपाल युएईसँग पहिलो खेलमा ४–० र यमनसँग २–० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले पराजित भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्