Logo

देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण

 

काठमाडौँ -देश भरि गर्मि बढ्नुका साथ साथै डेंगु सङ्क्रमण पनि तिब्र रुप ले फैलिदै गएको छ। देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिदै गएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको छ ।

ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको छ । मनसुन सुरु भएसँँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ रहेको छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले बताएको छ । नेपालमा बाह्रैमास डेंगु सङ्क्रमण देखिएको सरकारी तथ्याङ्क रहेको छ । सबै लाइ सतर्क रहन आग्रह ।

प्रतिक्रिया दिनुहोस्