Logo

मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा आगलागी

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा आगलागी भएको हो । मकवानपुरगढी गाउँपालिका- ३ धमिलेस्थित अध्यक्ष स्याङतानको घरमा मंगलबार दिउँसोको समयमा आगलागी भएको छ ।

घरमा लागेको आगो प्रहरी, स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको मकवानपुर प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्