Logo

लाइट स्टोन’ देखाएर १० लाख ठगि गर्ने प्रहरीको फन्दामा

-लाइट स्टोन देखाएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका-६ घर भई चन्द्रागिरी बस्‍ने ३७ वर्षीय अम्मर बहादुर तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका-३ घर भई सितापाइला बस्‍ने ४२ वर्षीय दिल बहादुर दमाई र नुवाकोटकै दुप्तेश्वर नगरपालिका-५ घर भई हाल दधिकोट बस्‍ने ३३ वर्षीय सुनिल तामाङ रहेका छन् ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ४ वटा विभिन्‍न सकम्पनीका मोबाइल, विभिन्न बैंकको चेकबुक बरामद गरेका छन् पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत भक्तपुरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्