Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट २५ ग्राम सुनसहित दुई जना पक्राउ

Officials said the airport incurred a loss of Rs4.50 billion due to reduced passenger numbers in the last fiscal year ended mid-July 2020. shutterstock

– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्दाजी २५ ग्राम सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा पाँचथर फालेजुङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका–५ घर भई हाल काठमाडौं महानगर ३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेको नेपाल प्रहरीद्वारा सार्वजनिक समाचार बुलेटिनमा उल्लेख गरेको छ ।

हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका सुब्बालाई भन्सार छली गर्न लगाई ठोकरले सिक्री एक थान, आइफोन १३ प्रो म्याक्स एक थान, रेडमि मोबाइल तीन थान, डेल ल्यापटप दुई थान र एक थान एयरपोड प्रो चारसहितको सामग्री सङकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्