Logo

चोरी गरेको आरोपमा ललितपुरबाट ५ जना पक्राउ

 

 

चोरीको आरोपमा ललितपुरबाट ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुम्बा गाउँपालिका–४ का ३० वर्षीय सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३७ वर्षीय सुजन कुमार सुनुवार, नुवाकोटको सामारी गाउँपालिका–७ का ४० वर्षीय कुमार राना मगर, दोलखाको शैलुङ गाउँपालिका–८ का ४१ वर्षीय बीरबहादुर श्रेष्ठ र सोही ठाउँका ४२ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् ।

उनीहरुले ललितपुर महानगरपालिका–१८ ढुंगेधारास्थित सिर्जना वैद्यको घरमा २ जेठमा चोरी गरेको आरोप रहेको छ। उक्त घरबाट सुनचाँदीका गरगहना र नगद चोरी गरेको बताइएका छन् । प्रहरीले उनीहरुबाट ७५ ग्राम सुनको मुन्द्रा, विभिन्न आकारको ६ तोला ७० लालको सुन छोरि गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्