Logo

घरझगडाका क्रममा घरमुली सिंहले पेट्रोल छर्केर आगो लगाएका घाइते किशोरीको मृत्यु

काठमाडौं – काठमाडौं चाबाहिलमा जलनबाट गम्भीर घाइते भएकी १६ वर्षीया समृद्धि सिंहको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा गत शुक्रबार नै उनको मृत्यु भएको अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा शंकरमान राईले जानकारी दिएका छन् । उनको शरीरको ८५ प्रतिशत भन्दा बढी भाग जलेको थियो । २२ जेठमा घरझगडाका क्रममा घरमुली चञ्चलबहादुर सिंहले पेट्रोल छर्केर आगो लगाउँदा परिवारका सबै ५ सदस्य जलबाट घाइते भएका थिए । उनीहरु सबैलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो ।५५ वर्षका चञ्चल, उनकी ४४ वर्षीया श्रीमती बिन्दु सिंह र ८ वर्षीया छोरी सुहानी खतरामक्त रहेका डा. राईले जानकारी दिएका छन् ।

 

जेठी छोरी २४ वर्षीया सुप्रियाको अवस्था अझै गम्भीर छ भने उनको शरीरमा ५५ प्रतिशतभन्दा बढी जलन भएको छ । स्वासनलीमै असर गरेकाले अवस्था जटिल रहेको छ । आईसीयूमा राखेर उपचार गरिरहेका छौं’, डा. राईले भनेका छन् । मृत्यु हुने समृद्धि चञ्चलबहादुरकी माइली छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस्