Logo

रूपन्देहीमा बस दुर्घटना ,४३ जना घाइते

 

काठमाडौँ -दाङबाट काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना भएको छ। दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका छन् ।

घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएको छ ।आयतबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेको र बाँकी २४ जनाको उपचार जारी रहेको डिएसपी भट्टले जानकारी दिएका छन् ।
नाम नखुलेको बसका सहचालक गम्भीर घाइते भएका छन्। उनको चौराहा हस्पिटलमा उपचार भएरहेको छ। सडकमा रोकेर राखेको ट्रकका चालकको खोजी भइरहेको डिएसपी भट्टले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्