Logo

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, भाउ बढ्ने क्रममा

 

काठमाडौँ -अमेरिकी डलरको भाउ बढ्ने क्रममा छ। बुधबार डलर हालसम्मकै महँगो भएको छ। बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०१ पैसा तोकिएको छ। यो मूल्य हालसम्मकै उच्च रहेको छ । यसअघि गत वैशाख ३० गते डलरको भाउ १३३ रूपैयाँ ९७ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य ४ पैसा बढी हो।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ १९ पैसा र बिक्रीमा १४३ रूपैयाँ ८३ पैसा पायको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १७० रूपैयाँ ७३ पैसा तोकिएको हो । त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ९७ पैसा र बिक्रीमा ८८ रूपैयाँ ३७ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रूपैयाँ २५ पैसा पाइन्छ।
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७३ पैसा तोकेका छन् । युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ २७ पैसा र बिक्रीमा २८ रूपैयाँ ३९ पैसा पाइन्छ। बुधबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ४८ पैसा तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्