Logo

कश्मीरमा आतंकवादीले तेस्रो आक्रमण , ५ सैनिक र एक प्रहरी घाइते

 

काठमाडौँ – पछिल्लो ३ दिनमा कश्मीरमा आतंकवादीले तेस्रो आक्रमण गरेका भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरेको छ । हिजो राति आतंकवादीहरूले जम्मू कश्मीरको डोडामा सेनाको चौकीमा आक्रमण गरेका थिए। आतंककारी र सुरक्षाकर्मीबीच भिडन्त भइरहेको प्रहरीले बताएको छ । भिडन्तमा गोली लागेर पाँच सैनिक र एक एसपीओ घाइते भएका हुन् । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ भने उनीहरुको अवस्था स्थिर रहेको बताइएका छन् । कठुआ जिल्लामा आतंकवादीहरूले गरेको गोलीबारीमा एक व्यक्तिको मृत्यु भएको र दुई जना घाइते भएको केही घण्टापछि यो हमला भएको हो।

तीन दिन अघि आतंकवादीहरुले तीर्थयात्री बोकेको बसमा हमला गरेका थिए। उक्त बस खाडलमा खसेको थियो । हमलाबाट नौ यात्रुको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएका छन् । आतंककारीलाई पक्राउ गर्न खोजी अभियान जारी रहेको छ। प्रहरीले आतंककारीले तीन नागरिकको हत्या र बन्धक बनाएको समाचार झुटो भएको बताएका छन् । कठुआ घटनामा एक जना मात्रै सर्वसाधारण घाइते भएका छन् । लुकेर बसेका आतंककारीलाई पक्रन अभियान चलिरहेको छ । प्रहरी अतिरिक्त महानिर्देशक आनन्द जैनले जिल्लाको चत्रगला क्षेत्रमा रहेको ४ राष्ट्रिय राइफल र प्रहरीको संयुक्त चौकीमा आतंककारीहरूले आक्रमण गरेका हुन् ।

आतंकवादी हमलामा एक जना घाइते भएका छन् । सुरक्षाकर्मीले जवाफी कारबाही गरेपछि मुठभेड सुरु भएको अन्तिम जानकारी प्राप्त हुँदासम्म भिडन्त जारी नै रहेको बताएका छन् । मंगलबार साँझ कठुआ जिल्लाको अन्तर्राष्ट्रिय सीमा (आईबी) नजिकैको गाउँमा आक्रमण गर्ने आतंककारीहरूको खोजी गर्न सुरक्षा बलहरूले व्यापक अपरेशन सुरु गरेका इन्डिया टीभीको समाचारमा उल्लेख गरेको छ। आतङ्ककारीको आक्रमणमा एक सर्वसाधारण घाइते भएका छन् भने प्रहरीले कठुआ अपरेशनमा सुरक्षा बलले एक संदिग्ध पाकिस्तानी आतंकवादीलाई मारेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्