Logo

कुवेतको मङ्गाफ सहरको आवासीय भवनमा आगलागी, कम्तिमा ४० जनाको मृत्यु

काठमाडौँ – कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको थियो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको थियो । यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्ने गर्छन । रिपोर्टका अनुसार मारिनेमा ५ भारतीय नागरिक पनि रहेका छन् । भारतीय राजदूत पनि घटनास्थल पुगेका थिए । भारतीय दूतावासले पीडित परिवारलाई सहयोग गर्न हेल्पलाइन नम्बर पनि जारी गरेको छ । कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले घटनास्थलको भ्रमण गरेका छन् ।

कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए । गृहमन्त्रीले सम्पत्ति ऐन उल्लङ्घनका विषयमा छानबिन गरिने जानकारी दिएका छन् । कुवेतको जनसङ्ख्याको दुई तिहाइ आप्रवासी कामदारहरू रहेका छन्। यो देश विशेषगरी निर्माण र स्वदेशी क्षेत्रमा विदेशी कामदारमा निर्भर छन् । मानव अधिकार समूहहरूले कुवेतमा प्रवासीहरूको जीवनस्तरमाथि धेरै पटक प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्