Logo

एएसजी आई केयरले क्रिकेट खेलाडीका परिवार र क्रिकेट प्रशंसकलाई उपचार सेवामा छुट

 

काठमाडौँ -एएसजी आई केयरले टी–२० वर्ल्ड कपका अवसरमा क्रिकेट खेलाडीका परिवार र क्रिकेट प्रशंसकलाई उपचार सेवामा छुट दिने घोषणा गरेको छ। एएसजी आई केयरले खेलाडीका परिवारलाई २५ हजार रूपैयाँ बराबरको आँखा उपचार तथा शल्यक्रिया निःशुल्क दिने बताएका छन् ।

‘देशको गौरव बढाउन सफल हाम्रा टी–२० वर्लड कप २०२४ का खेलाडीहरूको हौसला र प्रोत्साहनका लागि प्रत्येक खेलाडीको परिवारलाई २५ हजार रूपैयाँ बराबरको आँखा उपचार तथा शल्यक्रिया निःशुल्क दिने एएसजी आई केयर घोषणा गरेको ।
यस्तै वर्ल्ड कप अवधिभरमा नेपाली क्रिकेट प्रशंसकहरूको आँखा उपचारका लागि राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएर उपचारका लागि आउनेलाई ओपिडी निःशुल्क दिने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्