Logo

फिस्लिङ र मौवा खोला बीचमा कार र बस ठाेक्किदा कार सवार दुई जनाको अवस्था गम्भीर

काठमाडौँ – चितवनको इच्छाकामना गाउँपालिका- ३ फिस्लिङ र मौवा खोला बीचमा कार र बस ठाेक्किएर घाइते भएकामध्ये कारमा सवार दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । गम्भीर घाइतेमध्ये कार चालक पोखरा महानगरपालिका ५ घर भएका ३५ वर्षका समीर ओझा हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने कारमा सवार टोखा नगरपालिका ६, काठमाडौँका २२ वर्षका शेखर मिश्र रहेका छन् । उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।

उनीहरु दुबैजनाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिएको छ । बाँकी १० जना घाइतेको भरतपुरकै विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । बस चालक कोहलपुर नगरपालिका १२ घर भएका ३५ वर्षका विकास मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान करिब सात बजे काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०१–०२९ च ३७२० नम्बरको कार र नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४०६२ रात्री बस ठाेक्किएर बस त्रिशुली किनारमा खसेकाेहो । बसमा ३५ जना र कारमा ५ जना यात्रुहरु थिए ।

 

प्रतिक्रिया दिनुहोस्