Logo

अविरल वर्षासँगै चट्याङ परेर बिजुली चम्किदा ढलेका वृद्धको मृत्यु

 

विराटनगरमा अविरल वर्षासँगै चट्याङ पर्ने क्रममा बिजुली चम्किदा ढलेका वृद्धको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–१७ मटेरुवाका ७० वर्षीय हबी बुल्ला मियाँको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मस्जिदबाट नमाज पढेर फर्कदै गरेका मियाँ बिजुली चम्किदा बेहोस भएर बिहान ६ बजेतिर ढलेका हुन् । आफन्तले उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताएका छन् । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा लगिएको हो । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जानकारी बस्नेतले दिएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० सयपत्री टोलमा बिहान ४ :३० बजेतिर परेको चट्याङले क्षति पुर्‍याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्