Logo

झापामा दुई जना बच्चा र आमा मृत फेला

झापामा दुई जना बच्चा र आमा मृत फेला परेका छन्। शुक्रबार बिहान शिवसताक्षी नगरपालिका-३ स्थित एक घरमा दुई जना बच्चा र आमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिएका छन् । आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष मृत फेला परेका छन् ।

आमा झुन्डिएको अवस्थामा फेला परेकी छन् भने विशाल र आयुष बेडमा मृत भेटिएका छन् । दुई जना बच्चा र आमा मृत फेला परेका छन् । अहिले थप भन्न सकिने अवस्था नरहेको बताएका छन् । अनुसन्धान हुँदैछ- एसपी केसीले थप जानकरी दिएका छन् । प्रहरीका अनुसार घटनास्थलमा बमिट समेत गरिएको देखिएको छ। त्यस्तै विषादी समेत गन्ध आइरहेको प्रहरीले बताएको छ। अहिले घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा टोली पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केसी र चिकित्सकको टोली घटनास्थलतर्फ जाँदैछन्। यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्