Logo

बोर्डको क्यालेन्डरले तोक्यो एसईई, ११ र १२ को परीक्षा

 

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०८१ को एसईई परीक्षा ६ चैतदेखि सुरु हुने बताएका छन् । परीक्षा बोर्डले सार्वजनिक गर्ने तयारी गरेको २०८१/८२ को क्यालेन्डरअनुसार २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ।

क्यालेन्डर निकाल्दा विद्यालय, शिक्षक, विद्यार्थीलाई अध्ययन/अध्यापन, तयारी गर्न सहज हुने भएकाले समय तोकेर क्यालेन्डर सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले बताएको छ ।बोर्डले परीक्षा सुरु हुने मिति तोक्नुको साथै तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने निर्णय गरेकस छन् ।

प्रतिक्रिया दिनुहोस्