Logo

मदरल्याण्डको आयोजना;ईप्सन हिज्जेमा यूनिटी प्रथम र ईडेन द्धितीय

 

काठमाडौँ -ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।
हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । भक्तपुर जिल्लामा आफूलाई अब्बल रुपमा सावित गर्दै आएको ११ वटा स्कुलहरुको सामुहिक समूह एडिफाई प्राइभेट स्कुल अर्गनाइजेशन नेपाल (ईप्सन) ले सदस्य स्कुलहरुको विकास र विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रम गर्दै आएको छ। ईप्सन भक्तपुरमा क्वालिटी स्कुल, सूर्योदय सेकेन्डरी स्कुल, मदरल्याण्ड स्कुल, हिमाल एकेडेमी, ग्लोबल एकेडेमी, पारिजात विद्याकुन्ज, सेन्ट जोन स्कुल, ईडेन गार्डेन, यूनिटी स्कुल, विमल मेमोरियल विद्यापीठ र नगरकोट सनराइज रहेका छन्।

निकै नै उत्कृष्ट रुपमा सम्पन्न भएको हिज्जे प्रतियोगितामा आयोजक मदरल्याण्ड स्कुलले सहभागि जनाएको थिएन। प्रतियोगितामा ९ वटा स्कुलका कक्षा ६ देखि ८ का विद्यार्थीहरु ४ जनाको समूहले प्रतिष्पर्धा गरेका हुन्। कार्यक्रम डोलेश्वर भिलेज रिसोर्ट सुनपा ८ सिपाडोलको हलमा सम्पन्न भएको उक्त हिज्जे प्रतियोगिता संचालन मदरल्याण्ड स्कुलका राधेश्याम केसी, संजय कासुला, दिलदेवी देउला, विद्या अधिकारी र प्राविधिकमा राधेश्याम कासुला समेतको शिक्षक टिमले आयोजना गरेका थिए।

कार्यक्रममा ईप्सनका सचिव विजय कर्माचार्यले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप हौसला प्रदान गरेको बताउनु भएको छ। त्यसै गरी ईप्सन भक्तपुर अध्यक्ष जिबी खड्काले मदरल्याण्ड स्कुलले निकै नै व्यवस्थित र अनुसरणीय कार्यक्रम गर्न सफल भएकोमा शुभेच्छा व्यक्त गर्दै विद्यार्थीहरुको सफलता नै ईप्सनको जित भएको बताउनु भएको छ। समापन कार्यक्रममा सबै सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र, विजेता विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ। मदरल्याण्डको कार्यकारी संचालक शर्मिला देउजाले ईप्सनका सबै पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्