Logo

सुनको मूल्य १६ सयले बढ्यो

 

काठमाडौं – आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ तोकिएको हो ।

अघिल्लो दिन तोलाको १ लाख ४१ हजार २ सय रुपैयाँ तोकिएको थियो भने जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ भने अघिल्लो दिन चाँदी प्रतितोला १८०० रुपैयाँ रहेकोमा आइतबार १८२० कायम भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्