Logo

जीप दुर्घटना हुदा ९ जन घाइते

 

 

काठमाडौँ -पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न ।

आइतबार बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किंदै गरेको बा१५छ ५९४ नम्बरको स्कार्पियो निस्दी-४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनाका घाइतेलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रभासइस्थिथ लुम्बिनी मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताएका छन् । घाइतेहरूको अवस्था भने मध्यम रहेको छ । जीप सडकको बाँयातिरको भित्तामा ठोक्किएको प्रहरीले बताएको हो ।

प्रतिक्रिया दिनुहोस्