Logo

कपनबाट ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ

 

काठमाडौं -कपनबाट ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख श्यामलाल ज्ञवालीले सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेको बताएका छन् । उनका अनुसार आइतबार साँझ उनको साथबाट १/१ केजीका ६ वटा सुनका विस्कुट प्रहरीले बरामद गरेका छन् ।

सुन तस्करीमा संलग्न अन्यको खोजि भइहेको प्रहरीले बताएको छ । बरामद सुन र विदेशी नागरिकबारे सीआईवीले अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्